सुर्खेत - प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा कांग्रेसका हृदयराम थानी विजयी भएका छन्। उनले ३४ हजार ६२५ मतले विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत पाएका छन्। थानीले ५ हजार ६७ मतको अग्रताले जित हासिल गरेका हुन्।