काठमाण्डु – एक १७ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत काठमाण्डुले आज लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको हो । गत बिहीबार कतारको दोहा हुँदै नेपाल फर्किएका सन्दीपलाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो । दशैँ विदा सकिएलगत्तै…