मनास्लु हिमालमा पुनः हिमपहिराे, एक जनाको मृत्यु

गोरखा - उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिराे जाँदा एक जनाको मृत्यु भएको छ। आज दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिराेमा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिराेमा परेका चारमध्ये तीनजना भने तत्काल नै सम्पर्कमा आएका थिए। पहिरामा…