काठमाण्डु – नेपाल प्रहरीले ३२औं प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्र कुबेर खापुङलाई नियुक्त गरिएकोमा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बिहीबार बसेको प्रहरी नीति निर्माण समितिको बैठकले सरकारले गरेको निर्णयप्रति आभार प्रकट गर्ने निर्णय गरेको हो । बैठकले नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारीहरूको निधनपछि गरिने आशौच बार्ने (किरिया पुत्री) संस्कारका लागि…