काठमाण्डु - नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । सरकारमा सहभागी पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पाँच जनालाई सरकारमा पठाउन लागेको हो । समाजवादीले नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई पठाएको छ । यससँगै सरकारमा सहभागी मन्त्रीहरू पार्टी कार्यालय पुगेका छन् । पर्यटनमन्त्री प्रेम आले, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा लगायतका मन्त्रीहरू पार्टी कार्यालयमा पुगेका…