कुवेतमा मदिरा सेवनका कारण ९ जना नेपालीको मृत्यु, ४० भारतीय अस्पताल भर्ना

काठमाण्डु- कुवेतमा प्रतिबन्धित मदिरा सेवनका कारण पछिल्लो ३ दिनमै ९ जना नेपालीले ज्यान गुमाएका छन्। अझै केही उपचाररत छन् भने केहीलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ। कुवेतस्थित अस्पतालहरूले नेपाली राजदूतावासलाई दिएको जानकारीअनुसार, मृत्यु हुनेहरूको विवरण संकलन भइरहेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार, मेथानोल मिसिएको मदिरा सेवनका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना भइरहेका छन्। नेपालीसहित अन्य एसियाली…