सर्लाहीमा गोली प्रहार गरी हत्या

काठमाण्डु - सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । प्रहरीका अनुसार हरिपुर्वा नगरपालिका–६ मा अज्ञात व्यक्तिहरूले गोली प्रहार गरी ४० वर्षीय रामपुकार यादवको हत्या गरेको हो । उनी शिक्षक हुन् । आफ्नै घर अगाडि बसी रहेको अवस्थामा अज्ञात समूहले गोली प्रहार गरेको स्थानीयले बताएको छ…