काठमाण्डु – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाण्डु, भक्तपुर र ललितपुर सहित विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन । ६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले…