उम्मेदवारी फिर्ता गराउन धम्की नदेउ : निर्वाचन आयोग

काठमाण्डु- निर्वाचन आयोगले उम्मेदवारहरुलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाउने काम भएकोप्रति आफ्नो गम्भीर ध्यानार्षण भएको बताएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ता हर्कत् नगर्न र नगराउन सरोकारवालाहरु सबैलाई आग्रह गरेको हो । पाँच दलीय गठबन्धनले आज वागी उम्मेदवारलाई मनोनयन फिर्ता गर्न र नगरे कारवाही गर्ने चेतावनी…