काठमाण्डु – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । स्थानीय तहको निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेको भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेको भोलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्’ भनेका हुन् । मंगलबार राजधानीमा पत्रकारसँगको अन्तर्क्रिरयामा…