मेरो सदस्यता नवीकरण पहिले नै भइसकेको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको बताएकी छन् । आईतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टी सदस्यताको विषय पुरानो भइसकेको बताइन् । उनले भनिन्, ‘त्यो पुरानो कुरा हो । पहिले नै भइसकेको छ ।’ आईतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष…