काठमाण्डु – नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । मन्त्री खतिवडाले कोरोना भाइरसविरुद्धको खोपबारे झुटो बोलेको प्रमाण सार्वजनिक गर्दै एमालेले स्वास्थ्यमन्त्रीको राजीनामा मागेको हो । एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारका बेला आफूले कोरोनाविरुद्धको खोप पाँच हजारमा किनेर लगाएको…