काठमाण्डु– काठमाण्डुको तारकेश्वर नगरपालिका ११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन्। काठमाण्डु महानगरपालिका र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादमा झडप हुँदा कुटपिट गरी घाइते बनाएको आरोपमा उनलाई पक्राउ गरिएको हो । झडपमा घाइते भएका व्यक्तिले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि प्रहरीले पक्राउ पूर्जी लिएको थियो। पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि आफैँ निवेदनसहित उपस्थित भएका…