काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधानतर्फ ठोस प्रगति नभए रुसमाथि कडा प्रतिबन्ध वा कर लगाउने ठूलो निर्णय लिने चेतावनी दिएका छन् । अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट भएको एक सातापछि ट्रम्पले शुक्रबार कडा चेतावनी दिएका हुन् । ‘म चाँडै निर्णय गर्नेछु । यो धेरै महत्त्वपूर्ण…