काठमाण्डु – नेपाल पत्रकार महासङ्घले सञ्चार गृहहरुमा अनुगमन गर्ने भएको छ । कोरोना भाइरस संक्रमण दर बढेसँगै श्रमजीवी पत्रकारहरुमा श्रम समस्या बढ्दै गएका गुनासाहरू आएपछि महासङ्घले सञ्चार गृहहरूको अनुगमन गर्ने भएको हो । आइतबार महासङ्घका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै महासङ्घको केन्द्रीय समितिले असार सोमबारदेखि विभिन्न सञ्चार गृहहरुमा अनुगमन गर्ने भएको बताए ।…