काठमाण्डु – सरकारले भारतको सेरम इन्स्टिच्युटमा भएको आगलागीका कारण खोप आउन ढिलाइ भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदबारे विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारमा सत्यता नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले आज सूचना जारी गरी सेरम कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै खोप ल्याइने जानकारी दिएको छ…