काठमाण्डु – सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुुरुङले ‘सुुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय अभियानलाई साकार तुल्याउन परिवर्तन र रुपान्तरणकारी कार्यक्रम कार्यान्वयनमा उत्साहपूूर्वक जुट्न आह्वान गरेका छन् । मन्त्रालयको चालुु आर्थिक २०७७/७८ को चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले पूर्वाधार निर्माणमा बजेट कार्यान्वयनका हिसाबले यो वर्षलाई सफल वर्षका रुपमा स्थापित गर्न…