पुनः परीक्षणका लागि हङकङ पठाइएका ८ जनामा कोरोना ‘नेगेटिभ’

काठमाडौं – हङकङमा कोरोना भाइरस पुनः परीक्षणका लागि पठाइएका ८ वटा नमूनाको नतिजा नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणपश्चात पुनः परिक्षणका लागि हङकङ पठाइएको थियो । कोरोना परीक्षणका लागि विश्वस्वास्थ्य संगठनको प्रयोगशाला हङकङमा पठाइएका ८ जनामा कोरोनाको संक्रमण नपाइएको हो । हालसम्म नेपालमा ७५८ नमूना परिक्षण गरिएकोमा ३ जना संक्रमित भेटिएका छन ।…