विराटनगर – विश्वव्यापी कारोनाको महामारी भइरहेका बेला मोरङको बुढीगंगा गाउँपालिका–१ पनि कोरोनाविरुद्ध सचेत बनेको छ । गाउँपालिका–१ खद्रापुलका स्थानीयले ढाँट लगाएर गाउँलाई लकडाउन गरेका छन् । लालीगुरास टोलसुधार समुहले बुधबार विराटनगरको पूष्पलाल चोक हुँदै टंकीसिनुवारी निस्क्निे भित्री सडकमा बाँस तेर्स्याएर टोल प्रवेशमा रोक लगाएका हुन् । टोलसुधार समितिले अपरिचित व्यक्तिलाई टोलमा प्रवेश निषेध लेखिएको बोर्ड…