सरकारले विभिन्न अस्पतालमा पठायो दुई लाख मास्कसहित आवश्यक सामग्री

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि विभिन्न अस्पतालमा सामग्री पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा खेम कार्कीले रोकथामका लागि अस्पतालमा दुई लाख २७ हजार २०१ आवश्यक सामग्री पठाइएको जानकारी दिए । तीमध्ये मास्क दुई लाख २२ हजार ७६० र अन्य विभिन्न सामग्री चार हजार ४४१ रहेका छन् ।…