काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ । शुक्रबार काठमाण्डुको तीनकुनेमा भएको राजावादी आन्दोलनको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै प्रहरीले पक्राउ गरेका उनीहरूलाई आईतबार जिल्ला अदालत काठमाण्डुले थुनामा राख्न अनुमति दिएको हो । उनीहरू पक्राउ…