काठमाण्डु – सरकारले चिनियाँ खोप सिनोफार्मलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति दिएको छ । गत मंगलबार बसेको औषधि व्यवस्था विभागको बैठकले सिनोफार्मलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति दिने निर्णय गरेको हो । चिनियाँ कम्पनी बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले उत्पादन गरेको सिनोफार्मले नेपालमा गत जनवरी १३ मा आपतकालिन प्रयोगको अनुमति मागेको थियो । चीनले यसअघि नै नेपाललाई…