रामेछापको भटौली खोलाको पुल कटानको जोखिममा

काठमाण्डु - रामेछापको सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति तथा काठमाण्डुसँग जोड्ने वैकल्पिक मार्गमा पर्ने भटौली खोलाको पक्की पुल कटानको जोखिममा परेको छ । मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने उक्त पुल खोलाको बाढीले कटान गर्दा जोखिममा परेको हो । भटौली खोलामा आएको बाढीले पुलको पकरबासपट्टि रहेको पिलरमा सिधै ठोक्किन थालेको खाँडादेवी–४ का वडाध्यक्ष…