विप्लव नेकपाका दुई कार्यकर्ता भक्तपुरबाट पक्राउ

भक्तपुर - विप्लव नेतृत्व नेकपाका दुई कार्यकर्तालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई पूर्व जिल्ला सेक्रेटरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी भक्तपुरले जनाएको छ । भक्तपुरस्थित विभिन्न स्थानमा शङ्कास्पद गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा ३१ वर्षीय कुशल बोगटी र ३७ वर्षीय बुद्धिलाल पुनलाई पक्राउ गरिएको हो । कालिकोटको रुक्सा गाउँपालिका–४…