काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकासबाटै मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । सरकारले पर्यटन क्षेत्र विकासका लागि बजेट छुट्याएर गरिबी निवारण गर्ने योजना बनाएको उनले उल्लेख गरे । आज महोत्तरीको भङ्गहा नगरपालिका–८ कञ्चनवनमा मिथिला मध्यमा परिक्रमामा सहभागी श्रद्धालुलाई स्वागत गर्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै…