काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हुंदैछ । उनको मिर्गौलाको प्रत्यारोपण डा. प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सकहरुको टोलीले गर्दैछ । ज्ञवाली मिर्गौला प्रत्यारोपण विभागका हुन् । ज्ञवालीको टिममा नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि…