एनसेलको मुद्दा प्रधानन्यायाधीशले राखे आफ्नै बेन्चमा, सुनुवाई जारी

काठमाण्डु – टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको करसम्बन्धी मुद्धा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको इजलासमा परेको छ । आफ्नो सेयर स्वामित्व परिवर्तनमा लाग्ने कर निर्धारणको जानकारी ठूला करदाता कार्यालयले जानकारी गराएपछि अर्थ मन्त्रालयलगायतका विरुद्ध दिएको मुद्दामा आज सुनुवाइ तोकिएको हो । स्वामित्व परिवर्तनबापत ठूला करदाता कार्यालयले संशोधित कर निर्धारण गरेपछि एनसेल सर्वोच्च अदालत पुगेको हो ।…