बर्दियामा मोटरसाइकलबाटै बाघले महिला थुतेर लग्यो, खोजी कार्य जारी

काठमाण्डु – बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघले मोटरसाइकलबाटै थुतेर एक जना महिलालाई बेपत्ता पारेको छ । शुक्रबार राती निकुञ्जको बाटोमा मोटसाइकलको पछाडि बसेकी कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले थुतेर लगेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काकाअनुसार मोटरसाइकल उनका छोराले चलाएका थिए…