अर्घाखाँची – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका कारण नेकपामा दुर्घटना भएको बताएका छन् । उनले प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर देशमा अस्थिरता र अराजकता निम्त्याउन खोजेको बताएका हुन् । प्रेस संगठनले आइतबार बिहान सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले विगतमा…