सिलिचोङका सबै वडामा बिजुली

खाँदबारी – अरुणपारिको दुर्गम मानिएको सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छैन । तर यहाँका ८५ प्रतिशतभन्दा बढी सर्वसाधारण उज्यालोमा बस्छन् । पर्याप्त खोलानाला भएको सिलिचोङमा स्थानीय खोलानालाबाट लघुजलविद्युत् उत्पादन गरिएको छ । तिनै जलविद्युत्का कारण उनीहरु उज्यालोमा बस्छन्, केन्द्रीय प्रसारण लाइनको चिन्तासम्म छैन । स्थानीयस्तरमा उत्पादन भएकाले महसुल पनि सस्तो छ…