जनकपुरधाम - धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोट हुदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक सहित ६ जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो । शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक…