काठमाण्डु - परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले शनिबार आफ्नो ६६औं वार्षिकोत्सव मनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालले विगत एक वर्षमा हासिल गरेका उपलब्धि, सेवा विस्तारका योजना र मातृशिशु स्वास्थ्यमा पु¥याएको योगदानको विस्तृत समीक्षा प्रस्तुत गरिएको थियो । २०१६ सालमा ४० शैय्याबाट सुरु भएको यो अस्पताल आज ४८९ शैय्या सञ्चालन…