महिला टी-२० विश्वकप छनोटमा लागि २६ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

काठमाण्डु - नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि २६ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले बिहीबार प्रारम्भिक चरणको प्रशिक्षणका लागि खेलाडीहरूलाई बोलाएको हो। क्यानका अनुसार बोलाइएका खेलाडीहरूको प्रशिक्षण शुक्रबारदेखि काठमाण्डुको मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ। यो अन्तिम टोली नभई बन्द प्रशिक्षणका लागि बोलाइएको प्रारम्भिक टोली हो। यही…