काठमाण्डु - नेपाली कांग्रेस केन्द्रीय समितिले पार्टीको आसन्न १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेपनि यसको कार्यान्वयन भने चुनौतीपूर्ण देखिएको छ । सोमबार केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६–२८ मा गर्ने निर्णय गरेको हो । तर महाधिवेशन समयमै गर्न असम्भवजस्तै भएको र विशेष महाधिवेशनको माग अझै ज्यूँका त्यूँ रहेको छ ।…