धादिङ – पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् । सडकमाथिबाट आएको पहिरामा परी काठमाण्डुबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुिग्लनबाट काठमाण्डु आउँदै गरेको एचआर ३३–९९०१ नंको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । गजुरी गाउँपालिका–१ स्थित गलौँदीमा बिहान सडक माथिबाट आएको…