नयाँ श्रम स्वीकृति खुला गर्ने सरकारको निर्णय

काठमाण्डु – सरकारले नयाँ श्रमस्वीकृति खुला गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ श्रमस्वीकृति खुला गर्ने निर्णय गरेको हो । सोमबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता , अर्थ एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय भएको जानकारी दिए ।