काठमाण्डु - प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । नेपाली सेनाको छाउनीस्थित हाताभित्र रहेको सिसिएमसी सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा शुक्रबारदेखि नै होम क्वारेन्टाइनमा बसेका थिए । कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र सीसीएमसी अन्तर्गतको सहजीकरण समितिका सदस्य समेत रहेका प्रधानसेनापति थापाको हिजो स्वाब संकलन गरिएको थियो । गत आइतबार कोरोना…