समन्वयन नगरी बिरामी रिफर गर्दा मृत्यु भए रिफर गर्ने अस्पताल नै जिम्मेवार हुनुपर्छः मन्त्रालय

काठमाण्डु – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को अहिले बढदे सङ्क्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक बढिरहेको सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न सीमित साधन स्रोतले गर्नुपरेकाले अप्ठ्यारो परिस्थितिसँग जुध्नुपरेको बताएका छन् । आज मात्र विगत २४ घण्टामा एक हजार २२१ जना सङ्क्रमित फेला परेका…