ललिता निवास जग्गा प्ररकरण : ५८ जनालाई अख्तियारमा सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं - बालुवाटारको ललिता निवासको जग्गा किनबेच गरेका सबैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ। त्यसक्रममा बुधबार ५८ जनाको सूची सार्वजनिक गर्दै ७ दिन भित्र अख्तियारमा हाजिर हुन भनेको छ। ५८ जनामध्ये ५४ जना कुनै न कुनै रुपमा बालुवाटारको जग्गा खरिदविक्रीमा जोडिएको अख्तियारले जनाएको छ। बयानका लागि बोलाइएका मध्ये दुई जना गुठी संस्थानका…