बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदन बमोजिम नहुने फैसला भएको छ । न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रविको माग बमोजिम नहुने फैसला गरेको छ । यो फैसलासँगै अब उनले थुनामै बस्नुपर्ने भएको छ । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा थुनामा छन्…