कञ्चनपुर – निर्मला पन्त बलात्कार तथा हत्या काण्डमा प्रमाण नष्ट गरेको आरोपमा सफाई पाएका डीएसपी अंगुर जीसीले आफुले न्याय पाएको प्रतिक्रिया दिएका छन् । कञ्चनपुर की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा मुद्दा खेपिरहेका डीएसपी जीसीले बिहिबार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले सफाई दिने फैसला सुनाएसँगै न्याय मरेको रहेनछ…