इटहरीका मेयरलाई कारबाही गर्न कांग्रेस सांसदको माग

काठमाडौं – इटहरीका मेयरले पत्रकारको नाकको हड्डी भाच्ने भन्दै दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बिहिबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद सुजाता परियारले इटहरीको मेयरलाई कारबाहीको माग गरेकी छिन् । बैठकमा परियारले ‘इटहरीका प्रमुखको हर्कत के हो ?’ भन्दै प्रश्न उठाएकी हुन् । इटहरीका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्ने…