कुबेतबाट फर्केर खरिपाटी क्वारेन्टाइनमा रहेका सात जनामा कोरोना

भक्तपुर – कुबेतबाट फर्किएर भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेका सात महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शनिबार भक्तपुर भनेर जानकारी दिइए पनि सङ्क्रमित भक्तपुरका स्थायी बासिन्दा नभई क्वारेन्टाइनमा बसेका महिला रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । सङ्क्रमित…