श्रृंखलाबद्ध बम विष्फोटको घटनापछि अष्ट्रेलियाले भन्यो काठमाडौं असुरक्षित

काठमाडौं - राजधानी काठमाडौंमा आइतबार भएका श्रृंखलाबद्ध बम विष्फोटका घटनापछि असुरक्षा बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई नेपाल रहँदा अधिक सचेत रहनु भन्दै सूचना जारी गरेको छ । अस्ट्रेलिया सरकारको विदेश तथा व्यापार विभागले जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा काठमाडौंमा भएका हिंसात्मक घटना विदेशीप्रति लक्षित नभए पनि अन्य पक्षलाई निसाना बनाउँदा आक्रमणमा पर्न सक्ने भन्दै सचेत…