सहरी योजना आयोगको उपाध्यक्षमा बस्नेत नियुक्त

ललितपुर— काठमाडौं महानगरपालिका, सहरी योजना आयोगको उपाध्यक्षमा सरोज बस्नेत नियुक्त भएका छन्। महानगरको आइतबार बसेको ३३ औं नगर कार्यपालिका बैठकले बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। बस्नेत यस अघि आयोगको सदस्य सचिव थिए। गएको चैत २४ गते सम्पन्न महानगरको चौथो नगर सभाले स्वीकृत गरेको काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन…