महोत्तरी - महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल माविको क्वारेन्टिनमा रहेका २५ जनाले २४ घण्टाभन्दा बढी समयदेखि भोकभोकै बसेका छन् । नगरपालिकाले खानाको उचित व्यवस्थापन नगरेपछि भोकभोक बस्नुपरेको उनीहरुको गुनासो छ । भारतको चेन्नई, हरियाणा तथा चन्डिगढबाट आएर क्वारेन्टिनमा बसेका उनीहरुका लागि तातो पानी र कोठामा पङ्खाको समेत व्यवस्थापन गर्न नसकेको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी गगन…