सप्तरीमा कुटपिटबाट दुई जनको ज्यान गयो

सप्तरी – सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवामा काठको चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको छ । घाइते डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५५ वर्षीय सुखदेव मण्डलको उपचारको क्रममा गए राति न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको मृतकका परिवारले जानकारी दिएको छ । शनिबार साँझ उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएका मण्डलको उपचार हुन नसकेपछि बिराटनगर लगिएको थियो…