एम्बुलेन्स आएपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यता अन्त्य

-राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको शङ्करपुर स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सञ्चालन गरेपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सडकको बिग्रँदो अवस्थाका कारण यातायातका साधन सञ्चालन नहुँदा बिरामी र गर्भवती महिलालाई गोरु गाडामा राखेर शङ्करपुरका बासिन्दाले स्वास्थ्य चौकी पु¥याउने कार्य गर्दै आएका थिए । सडकको स्तरोन्नतिसँगै एम्बुलेन्स सेवा सञ्चालन भएपछि बिरामीलाई…