काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् । यसै अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानका रूपमा ‘समानताको पुस्ताः अन्त्य गरौँ…