काठमाडौं - महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । मंगलबार बिहानसम्म ४ हजार २७ जनाको मृत्यु भएको विवरण विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ । मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गइरहेको छ । चीनको वुहान प्रान्तबाट सुरू भएको भनिएको कोरोना भाइरस (कोभिड–१९) संसारभर ११५ देशमा फैलिएको छ…